दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगिता फागुन २२ गतेदेखि सुरू

Image

हेटौंडा/  हेटौंडामा आयोजना हुँदै आएको भेट्रान्स कप फुटबल प्रतियोगिता यस वर्ष पनि भव्य रूपमा सञ्चालन गरिने भएको छ। ‘दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१’ फागुन २२ गतेदेखि २६ गतेसम्म हेटौंडा-४ को हुप्राचौर खेलमैदान (लोकतान्त्रिक चौर) मा हुने आयोजक हेटौंडा भेट्रान्स क्लबले जनाएको छ।

वि.सं. २०७२ देखि सुरु भएको यो प्रतियोगिता सन् २०७४ बाट हेटौंडा भेट्रान्स क्लबकै आयोजनामा हुँदै आएको छ। पछिल्ला वर्षहरूमा प्रतियोगिता रनिङ शिल्डको रूपमा अगाडि बढाइएको छ। प्रतियोगितामा ४० वर्ष माथिका भेट्रान्स खेलाडीहरू प्रतिस्पर्धा गर्नेछन् भने ४५ वर्ष माथिको उमेर समूहमा  खेल आयोजना गरिएको आयोजकले जनाएको छ।
फुटबल प्रवर्द्धनमा भेट्रान्स कपको योगदान
भेट्रान्स कपले पूर्व खेलाडीहरूबीचको सम्बन्ध सुदृढ गर्दै स्वास्थ्य तथा खेलकुदको प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्य राखेको छ। देशभर भेट्रान्स फुटबल प्रतियोगिताको लोकप्रियता बढ्दै गएको सन्दर्भमा हेटौंडामा हुने प्रतियोगिताले खेलाडी, स्थानीय समुदाय, र पर्यटन क्षेत्रलाई टेवा पुर्याउने विश्वास गरिएको छ।
प्रतियोगिताका पुरस्कारहरू
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टिमहरूका लागि निम्नानुसार पुरस्कारको व्यवस्था गरिएको छ:
• प्रथम पुरस्कार: रु. १,५०,५५५/-
• दोस्रो पुरस्कार: रु. ७५,५५५/-
• सर्वश्रेष्ठ प्रशिक्षक: रु. ५,०००/-
• उत्कृष्ट फरवार्ड, गोलकिपर, डिफेन्स, मिडफिल्डर: जनही रु. ५,०००/-
• म्यान अफ द सिरिज: रु. १०,०००/-
प्रतियोगितामा सहभागी क्लबहरू
प्रतियोगितामा देशभरका १५ भन्दा बढी भेट्रान्स क्लबहरूले भाग लिनेछ। वीरगञ्ज, सिमरा, चितवन, पोखरा, बुटवल, काठमाडौं, र हेटौंडाका प्रतिष्ठित भेट्रान्स क्लबहरू सहभागी हुनेछन्।
अघिल्लो संस्करणका विजेताहरू
यसअघि प्रतियोगितामा विभिन्न क्लबहरूले उपाधि जितेका थिए। नवौं संस्करणमा बानेश्वर फ्रेण्डसीप भेट्रान्स क्लब विजयी भएको थियो भने पोखराका एबीसी र बगरभाई खलक क्लबहरूले अघिल्ला केही संस्करणमा उपाधि जितेका थिए।
प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। मुख्य सहयोगी हेटौंडा उपमहानगरपालिका रहनेछ भने विभिन्न हेटौंडा स्कुल अफ म्यानेजमेन्ट साथै बिभिन्न संघ संस्थाहरु, स्थानीय निकाय, र फुटबलप्रेमीहरूको साथ रहने आयोजकले जनाएको छ।
प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सञ्चारमाध्यम, खेलप्रेमी, र स्थानीय निकायहरूको सहयोग आवश्यक रहेको आयोजकले अपेक्षा गरेको छ।