हेटौंडा/ मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ भुवनसिंहपथमा रहेको यम बहादुर लामिछानेको घरमा जडान गरिएको खानेपानी धाराको मिटर चोरी गर्ने एक जना पक्राउ परेका छन्।
मंगलबार बिहान करिब १:३० बजे उक्त मिटर चोरी भएको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो। खोजतलासको क्रममा सोही दिन बेलुकी करिब ६:३० बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ वनस्खण्डीमा डेरा गरी बस्ने २१ वर्षीय सुरेश कुमाललाई शंका लागी जाँच गर्दा उनको साथबाट चोरी भएको धाराको मिटर बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका कुमाललाई मकवानपुर जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा सात दिनको म्याद अनुमति लिइ अनुसन्धान अघि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ।
चोरी नियन्त्रणका लागि सतर्कता आवश्यक
यस प्रकारका चोरीका घटनालाई रोक्न स्थानीय तह, प्रहरी प्रशासन र समुदायको संयुक्त प्रयास आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।

















