हेटौंडामा जबर्जस्ती करणीको आरोपमा ७ किशोर पक्राउ

Image

हेटौंडा/  मकवानपुरको हेटौंडामा जबर्जस्ती करणीको आरोपमा संलग्न ७ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
पीडित युवतीले फागुन २१ गते जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। जाहेरी अनुसार, गत माघ ६ गते बिहान करिब ८:३० बजे हेटौंडा उपमहानगरपालिका-०२ स्थित वनस्खण्डी मन्दिर नजिकैको जंगलमा घटना भएको थियो।

प्रहरीले फागुन २२ गते हेटौंडाका विभिन्न स्थानबाट ५ जना किशोरलाई पक्राउ गरेको थियो भने फागुन २३ गते थप २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले घटनाको निष्पक्ष छानबिन भइरहेको बताउँदै कानूनी प्रक्रिया अनुसार दोषीमाथि आवश्यक कारबाही गरिने जनाएको छ। साथै, घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।