हेटौंडा / चितवनमा जङ्गली हात्ती ‘गोविन्दे’ को आक्रमणबाट एक जनाको मृत्यु भएको छ। ज्यान गुमाउने व्यक्ति खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका–७ बस्ने ३५ वर्षीय सुरेश महतो रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिएका छन्।
महतोलाई शनिबार रत्ननगर–७, लौखानीस्थित चितवन एडभेन्चर होटल पछाडि हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट उनको घटनास्थलमै ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्।
चितवनमा गएको साउनयता वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। वन्यजन्तु आक्रमणको घटना रोकथाम तथा नियन्त्रण गर्न स्थानीय प्रशासन र निकुञ्ज प्रशासन सक्रिय रहेको जनाइएको छ

















