पालुङ क्याम्पसमा स्ववियु निर्वाचन विवाद, निर्वाचन प्रक्रिया रद्ध गर्न माग

Image

हेटौंडा / पालुङ क्याम्पसमा जारी स्ववियु निर्वाचनको प्रक्रिया विवादमा फस्दैछ। नेविसंघ र अनेरास्ववियु संयुक्त प्यानलले निर्वाचनमा क्याम्पस प्रशासनको हस्तक्षेप र त्रुटिहरूका कारण प्रक्रिया रद्ध गर्ने माग राख्दै पत्र पठाएका छन्।

सम्बन्धित प्यानलका अनुसार, निर्वाचन प्रक्रिया शुरू गर्दा प्रशासनले बदनियतका साथ गम्भीर त्रुटि गरेको आरोप लागेको छ। प्यानलको भनाइमा, कार्यविधी अनुसार प्रकाशित नामवालीको दावी विरोधको समयमा भर्ना नभएका विद्यार्थीहरूलाई समेत नाममा समावेश गरिएको छ। यसले निर्वाचन प्रक्रिया र मर्यादालाई कमजोर बनाएको पत्रमा उल्लेख गरेको छ।

त्यसैगरी, क्याम्पस प्रशासनले केही विद्यार्थीहरूलाई छात्रवृत्तिको आश्वासन दिई जबर्जस्ती उम्मेदवार बनाएको कुरा पनि प्यानलको ध्यानमा आएको छ। यसले निर्वाचन प्रक्रियामा अनावश्यक प्रभाव पुर्याएको उनीहरूको भनाइ छ।

प्यानलले निर्वाचन कार्यविधीको उल्लंघन गर्नेलाई कार्वाही गर्न र छानबिन गरेर दोषीमाथि कार्यवाही गर्न माग गरेका छन्। साथै, पुनः निर्वाचन सूची प्रकाशन गर्ने आग्रहसमेत गरिएको छ।
संबन्धित प्यानलले क्याम्पस प्रशासनबाट निर्वाचन प्रक्रियामा परेको अनावश्यक हस्तक्षेपको विरोध गर्दै सत्यतथ्य छानबिनको प्रक्रिया अघि बढाउनको लागि अनुरोध गरेको छ।