क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण प्रक्रियाका लागि निरिक्षण

Image

हेटौंडा /  असोज ११ र १२ गते परेको अविरल वर्षा तथा कुलेखानी जलविद्युत आयोजनाले लापरवाहीपूर्वक बाँधका ढोकाहरू खोल्दा इन्द्रसरोवर गाउँपालिकाका विभिन्न स्थानहरूमा रहेको भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको    औँल्याउनुभएको  छ।  सांसद महेश कुमार बर्तौलाले यो घटनाले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक गर्दै पुनर्निर्माण तथा सुरक्षाका उपायहरू शीघ्र अपनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो।

वर्षा र बाँधका ढोकाहरू खोलिएको कारणले गर्दा गाउँपालिकाका सडक, पुल र अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको बताईएको छ। यसरी क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण प्रक्रिया सुरु भइसकेको छ भने जोखिमयुक्त स्थानहरूमा रहेका बस्ती, खेतबारी र विद्यालयहरूको सुरक्षाका लागि तटबन्ध निर्माण कार्य तत्काल अघि बढाउनुपर्ने सांसद बर्तौलाले बताउनुभएको छ।

यस कार्यलाई प्रभावकारी बनाउन  बर्तौला लगायत स्थानीय सरकारका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, जनप्रतिनिधिहरू र स्थानीय अगुवाहरूको टोलीले क्षति पुगेका क्षेत्रहरूको निरीक्षण गरिएको छ। निरीक्षणकै क्रममा सम्बन्धित पक्षहरूसँग छलफल गरी पुनर्निर्माण र सुरक्षाका कामहरूलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे योजना तयार गरिएको बर्तौलाले जानकारी दिनुभयो।

सांसद बर्तौलाका अनुसार केही दिनभित्रै सरकारी प्राविधिक टोलीलाई खटाएर क्षतिको इष्टिमेट तयार पारिने र सोही आधारमा अधिकतम बजेट विनियोजन गरिनेछ। यसै वर्ष नै इन्द्रसरोवर गाउँपालिकाको नेतृत्वले दिएको सुझाव र स्थानीय जनताको सल्लाह अनुसार तटबन्ध निर्माण कार्य अघि बढाउन प्रयास गरिने उहाँले बताउनुभयो।