पेट्रोलमा तथा डिजेल र मट्टीतेलको मूल्य घटाइयो

Image

हेटौंडा/ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा समायोजन गर्दै घटाएको छ। नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुने  भएको छ।

निगमले जारी गरेको सूचनाका अनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम गरिएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ तोकिएको छ। पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटाइएको हो।

नयाँ मूल्य निर्धारण इन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त पेट्रोल र डिजेलको खरिद मूल्यमा आएको कमीका आधारमा गरिएको हो। निगमका प्रवक्ताले सञ्चालक समितिको निर्णय अनुसार मूल्य समायोजन गरिएको जानकारी दिएका छन्।