हेटौंडा ११ मा  दोस्रो ब्याडमिन्टन प्रतियोगिता सुरु

Image

हेटौंडा / मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा दोस्रो जिल्ला स्तरीय खुल्ला तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता हेटौंडामा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँ र हेटौंडा ११ का वडा अध्यक्ष जुना दाहालको विशिष्ट आतिथ्यतामा सुरु भएको छ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देव कुमार श्रेष्ठ, डाङ्गडुगे सामुदायिक बनका अध्यक्ष सालिकराम पुडासैनी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रकी सहायक हवल्दार निमा भण्डारी लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिता चैत्र ८, ९ र १० गते थानाभऱ्याङ्ग बहुउद्देश्यीय ब्याडमिन्टन कभर्ड हल, हेटौंडा-११ मा आयोजना गरिएको छ। आयोजक मकवानपुर जिल्ला ब्याडमिन्टन संघले हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

प्रतियोगिताका मुख्य प्रायोजक हेटौंडा उपमहानगरपालिका रहेको छ भने अन्य विभिन्न संस्थाहरुले पनि प्रतियोगितामा सहयोग गरेका छन्।
प्रायोजक र सह-प्रायोजकहरु
प्रायोजकहरुमा विष्णु प्रसाद घिमिरे, रियल हटीयडा रिसोर्ट (हेटौंडा-५), प्रमोद सिंह रानाभाट, ऋषि लाल श्रेष्ठ, नारायणी यातायात व्यवसायी संघ (पुरानो) र त्रिनेत्र पेट्रोलियम प्रा. लि. (चितवन) रहेका छन्।

सह-प्रायोजकहरुमा परेवाश्वरी आयल स्टोर्स (चितवन), मकवानपुर जिल्ला खेलकुद विकास समिति, मनोज रावल, नारायणी कलेज, दीपक चलान र वडा नं ११, हेटौंडा उपमहानगरपालिका रहेका छन्।
यस प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरुबीच प्रतिस्पर्धा भईरहेको छ।  आयोजकले यस प्रतियोगिताले जिल्लामा ब्याडमिन्टन खेलको प्रवर्द्धनमा थप टेवा पुर्याउने विश्वास लिएको छ।