हेटौंडा/ प्राकृतिक स्रोत, कृषि, पर्यटन र पूर्वाधारलाई आधार मानेर सुखी र समृद्ध भीमफेदी निर्माण गर्ने लक्ष्यसहित भीमफेदी गाउँपालिका न्यायिक समितिको आयोजनामा वडा नं. ६ को धोर्सिड़्मा कानुनी सचेतना तथा न्यायिक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम भीमफेदी गाउँपालिका वडा नं. ६ को धोर्सिड़् टोलमा वडा अध्यक्ष श्री सोम बाहादुर घलानको अध्यक्षतामा सञ्चालन गरिएको थियो। अध्यक्ष घलानले कार्यक्रममा कानुनी सचेतनाको प्रवर्द्धन र न्यायिक सेवामा पहुँच वृद्धि गर्नका लागि यस किसिमका कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताउनुभयो।
कार्यक्रममा भीमफेदी गाउँपालिका उपाध्यक्ष संजिव श्रेष्ठ, न्यायिक समिति सदस्य रिता कुमारी मगर, उदय प्रसाद हटुवाल, प्रक्षिक तथा अधिवक्ता रामशरण लामिछाने, मेलमिलाप संयोजक रामप्रसाद पनेरु लगायत जनप्रतिनिधि, समाजसेवी लगायत त्यसक्षेत्रका बासिन्दाहरूको उल्लेखनीय उपस्थिति थियो।
सहभागीहरूले कानूनी अधिकार र कर्तव्यका बारेमा छलफल गर्दै न्यायिक प्रक्रियालाई सरल र पहुँचयोग्य बनाउनका लागि आवश्यक पहलहरूबारे विचार व्यक्त गरे।
स्थानीय स्तरमा यस प्रकारका कार्यक्रमहरूले नागरिकहरूको कानुनी साक्षरता अभिवृद्धि गर्दै न्याय पाउने प्रक्रियामा थप सहयोग पुर्याउने अपेक्षा स्थानीय बासिन्दाले राखेका छन।

















