मकवानपुरमा लुटिएको प्रहरीको पेस्तोल जंगलमा फेला

Image

हेटौंडा / मकवानपुरको कैलास गाउँपालिका–६ स्थित दुम्सीखर्क जंगलबाट लागुऔषध कारोबारीले लुटेको प्रहरीको पेस्तोल जंगलमा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार उक्त पेस्तोल कैलास गाउँपालिका–१, बोल्ने लेक भन्ने स्थानमा भेटिएको हो।

ईलाका प्रहरी कार्यालय पालुङका हवल्दार अर्जुन तामाङसँग रहेको पेस्तोल लागूऔषध कारोबारीले लुटेर फरार भएका थिए। प्रहरीको विशेष टोलीले खोजी अभियानलाई तीव्र बनाउँदै जंगली क्षेत्रमा खोजी गर्दा पेस्तोल फेला परेको हो। हाल लुटपाटमा संलग्न आरोपितहरूको खोजी जारी रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो।