हेटौंडा १६ का युवक मृत अवस्थामा फेला, खाजाघरका सञ्चालकसहित ७ जना प्रहरी नियन्त्रणमा

Image

हेटौंडा/ मकवानपुरको वागमती गाउँपालिका-८ स्थित भुवनचुलीमा एक युवक मृत अवस्थामा फेला परेका छन्। हेटौंडा-१६ निवासी मिलन दंगाल भुवनचुलीस्थित खाजाघर नजिकैको सडक पेटीमा लडिरहेको अवस्थामा मृत फेला परेका हुन्।
घटनापछि सो खाजाघरका सञ्चालक र त्यहाँ कार्यरत स्टाफ   सहित ७ जनालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताइएको छ।

दंगालको मृत्युको कारण अझै खुल्न सकेको छैन। पोस्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानपछि मात्र घटनाको वास्तविकता बाहिर आउनेछ। प्रहरीले घटनास्थलको मुचुल्का उठाई आवश्यक अनुसन्धान गरिरहेको छ।