सिमलटार टोल विकास संस्थाको अध्यक्षमा देवकृष्ण थोकर पुनः निर्विरोध निर्वाचित

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नं. ११ अन्तर्गतको सिमलटार टोल विकास संस्थाको अध्यक्ष पदमा देवकृष्ण थोकर दोस्रो पटकका लागि निर्विरोध निर्वाचित भएका छन्। नेपालकै नमुना टोल विकास संस्थाका रूपमा परिचित सिमलटार टोल विकास संस्थाको नेतृत्व फेरि एकपटक अनुभवी व्यक्तित्व थोकरले पाउनुभएको छ।

अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि देवकृष्ण थोकरले सबै टोलवासी, पूर्व अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै भावी कार्यकालमा अझ जिम्मेवार ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“सिमलटार टोलको शिर सधैं उच्च राख्ने गरी विकास र समृद्धिको दिशामा अग्रसर हुनेछु,” उहाले भन्नु भयो। उहाले आफूलाई फेरि एकपटक नेतृत्व सुम्पिनु हुने सम्पूर्ण टोलवासीप्रति हृदयदेखि धन्यवाद दिनुभयो।

सिमलटार टोल विकास संस्था हेटौंडाको सबैभन्दा सक्रिय र व्यवस्थित टोल विकास संस्था मानिन्छ। थोकरको नेतृत्वमा विगत कार्यकालमा समेत विभिन्न विकास आयोजना र सामुदायिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका थिए।