मनहरी १ चकरीमा १ लाख ५० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण सुरु

Image

हेटौंडा/ मनहरी गाउँपालिका–१ चकरीमा रहेको चकरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति अन्तर्गतको चकरी बिष्ट टोल खानेपानी योजना अन्तर्गत १ लाख ५० हजार घनलिटर क्षमताको ट्याङ्की निर्माण कार्य सुरु गरिएको छ।
उक्त ट्याङ्कीको शिलान्यास तथा ढलान कार्य बागमती प्रदेशसभा सदस्य माननीय एका लाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

यो योजना बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ मा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय मार्फत प्रदेश सशर्त योजना अन्तर्गत रू. २६ लाख ५० हजार को बजेटमा निर्माण भइरहेको छ।
ट्याङ्की निर्माणका लागि आवश्यक जग्गा निःशुल्क रुपमा उपलब्ध गराउनु भएकी सहयोगी दाता सुमित्रा कार्की प्रति आयोजक संस्थाले विशेष धन्यवाद ज्ञापन गरेको छ।

उक्त आयोजना सम्पन्न भए पश्चात यस क्षेत्रमा खानेपानी तथा सिंचाइ को दीर्घकालीन समस्या समाधान हुने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाहरूले यो योजनालाई स्वागत गर्दै समयमै सम्पन्न होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।