मकवानपुरको सिमलटारमा दुःखद घटना: घर सफा गर्ने क्रममा करेन्ट लाग्दा महिला मृत्यु

Image

हेटौंडा / हेटौंडाको  मकवानपुरगढी गाउँपालिका–५, सिमलटारमा घर सफा गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। ५५ वर्षीया भूमि नन्द तिमल्सिना आज बिहान आफ्नै घरमा सफा गर्ने क्रममा करेन्ट लागेर घाइते भएको प्रहरीले जानकारी दिएको छ।

बिहान करिब ८:४० बजे दुर्घटना भएपछि उनलाई तुरुन्तै उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको थियो। तर उपचारका क्रममा बिहान ९:२२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मृतकको शव हाल हेटौंडा अस्पतालमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।