पेट्रोलियम पदार्थको मूल्य घट्यो, आज रातिदेखि लागू

Image

हेटौंडा / नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको मूल्यमा कमी गरेको छ। मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर ३/३ रुपैयाँले घटाइएको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि सोहीअनुसार समायोजन गरिएको निगमले जानकारी दिएको छ।