हेटौंडा–११ मा भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नं. ११ मा राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गरिएको छ। त्रिभुवन स्कूल अगाडि आयोजित कार्यक्रममा वडा नं. ११ की वडा अध्यक्ष जुलुना दाहालको प्रमुख आतिथ्यतामा बालबालिकालाई भिटामिन ए खुवाएर कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो। 

कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देव कुमार श्रेष्ठ विशेष आतिथिको रूपमा सहभागी भएका थिए। उपमहानगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा सञ्चालित यस कार्यक्रममा हेटौंडा–११ का पाँच वर्ष मुनिका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल तथा जुकाको औषधि खुवाइनेछ।

स्वास्थ्य सेवा प्रवाहमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका विजया अधिकारीको विशेष योगदान रहेको छ। उनी नवलपुर शहरी स्वास्थ्य केन्द्र अन्तर्गत कार्यरत छिन्।