हेटौंडा १५ सानो सुकौली गुम्बा सडक स्ल्याब ढलानको शिलान्यास, धार्मिक पर्यटनमा टेवा पुग्ने आशा

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ अन्तर्गत सानो सुकौलीस्थित सङ्दोग पली गुम्बा जाने सडकमा स्ल्याब ढलान कार्यको शिलान्यास सम्पन्न भएको छ।

शिलान्यास कार्यक्रम माननीय एका लाल श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा वडा अध्यक्ष सुनिल मोक्तानको विशेष आतिथ्यतामा आयोजना गरिएको थियो।

बागमती प्रदेश सरकारअन्तर्गत शहरी विकास तथा भवन कार्यालयबाट विनियोजित २० लाख रुपैयाँ बजेटमा सो कार्य प्रारम्भ गरिएको हो। योजना अनुसार २३० मिटर लम्बाइ र ६ मिटर चौडाइको सडकमा स्ल्याब ढलान गरिनेछ।

वडा अध्यक्ष मोक्तानका अनुसार, सडक निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दा, गुम्बामा आउने भक्तजन तथा पर्यटकलाई सहज आवागमनमा सुविधा पुग्नेछ। साथै, धार्मिक तथा पर्यटन क्षेत्रको विकासमा समेत उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय बासिन्दाले सडक निर्माणले क्षेत्रमा आर्थिक गतिविधि र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।