हेटौंडा/ नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखा, हेटौंडा–४ को २२ औं वार्षिक साधारणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम उपशाखाका सभापति किसन घिसिङको अध्यक्षता र हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा रेडक्रस मकवानपुरका सभापति लालबहादुर थापा र जिल्ला शाखाका उपमन्त्री शिवहरि दाहालले मन्तव्य व्यक्त गर्नुभएको थियो।
यस अवसरमा पूर्व जिल्ला सभापति सूर्यचन्द्र न्यौपाने, पूर्व उपसभापति उमेश बास्कोटा, जिल्ला सदस्य पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, नेपाल बुद्धिचाल महासंघका महासचिव धरमबहादुर लामा तथा रेडक्रस जिल्ला विभागका सदस्यहरू संजय न्यौपाने, मिलन न्यौपाने, रामप्रसाद प्रसाईँ, सल्लाहकार हरिप्रसाद पौडेललगायतको उपस्थिति रहेको थियो।
सभामा सचिव हिक्मत श्रेष्ठद्वारा प्रस्तुत प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सिताराम दाहालले पेश गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरिएको रेडक्रस उपशाखाले जनाएको छ।

















