हेटौंडा/ ३२औँ मदन–आश्रित स्मृति दिवस २०८२ को अवसरमा हेटौंडामा एक विशेष कार्यक्रम आयोजना गरी दिवंगत नेता मदन भण्डारी र जीवराज आश्रितलाई श्रद्धाञ्जली अर्पण गरिएको छ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य केदार न्यौपाने र पार्टीका केन्द्रीय सल्लाहकार तथा प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता साथै माननीय एक लाल श्रेष्ठको उपस्थिति रहेको थियो। यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिक्देल र वडा नम्बर ११ की अध्यक्ष जुना दाहालसहित विभिन्न स्थानीय जनप्रतिनिधि, नेता तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले मदन भण्डारी र जीवराज आश्रितले नेपाली राजनीतिमा पुर्याएको योगदानको स्मरण गर्दै, उनीहरूको विचार र मार्गदर्शन आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए। कार्यक्रममा सहभागीहरूले समावेशी र समतामूलक समाज निर्माणका लागि उनीहरूले देखाएको मार्ग पछ्याउनुपर्नेमा जोड दिनुभएको थियो।
सांस्कृतिक कार्यक्रमहरूले कार्यक्रमलाई थप आकर्षक बनाएका थिए भने सहभागीहरूले पुष्प अर्पण गरी श्रद्धाञ्जली प्रकट गरिएको थियो।

















