हेटौंडा/ बागमती प्रदेश सरकार र सुरेशिखर कृषि सहकारी संस्थाको सहकार्यमा सञ्चालित पशुपालन (पाडापाडी) प्रवर्द्धन कार्यक्रम अन्तर्गत हेटौंडा–१५ चुरीयामाईमा आयोजित विशेष कार्यक्रममार्फत २५ जना किसानलाई पाडापाडी वितरण गरिएको छ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा वडा नं. १५ का वडा अध्यक्ष सुनिल मोक्तान सहकारीका पदाधिकारीहरू र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
पहिलो चरणमा सहकारीमार्फत हुर्काइएका पाडापाडीहरू किसानलाई वितरण गरिएको हो। यो कार्यक्रममार्फत किसानको जीविकोपार्जनमा सहयोग पुर्याउने र पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्य लिइएको उपमहानगरपालिकाले जनाएको छ।
नगर प्रमुख लामाले कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय सहकार्य र पशुपालनमाथिको लगानीले दीगो कृषि विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

















