हेटौंडा/ बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकार भौतिक पूर्वाधार निर्माणमा एकद्धार नीति अवलम्बन गर्ने बताउनुभयो।
प्रदेश प्रमुख देवकोटाले प्रदेशको एकल अधिकारको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिइने जानकारी गराउँदै, साझा अधिकारहरूमा संघ र स्थानीय तहसँग समन्वय र सहकार्यको आधारमा कार्यक्रम अघि बढाइने उल्लेख गर्नुभयो।
सरकारले विपद् जोखिम न्यूनिकरणलाई योजनाको प्रारम्भिक चरणमै समावेश गर्दै विपद्-संवेदनशील योजना तर्जुमा र कार्यान्वयनलाई प्राथमिकता दिने नीति लिएको छ।
सुशासन, पारदर्शिता र योजना बैंक
बजेट निर्माण र खर्च व्यवस्थापन प्रक्रियामा सुशासन र पारदर्शिता कायम गर्न योजना बैंक स्थापना गरिने भएको छ। यस बैंकमार्फत प्राथमिकताका आधारमा परियोजनाहरूको छनोट गरिने छ।
साथै, अनुपातिक खर्च कटौती गरी स्रोतको अधिकतम उपयोग गर्नेतर्फ सरकार अग्रसर हुने बताइएको छ।
गुणस्तर परीक्षण प्रयोगशाला र सडक सुरक्षा
नीति तथा कार्यक्रममा प्रदेशस्तरको गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गर्ने र प्रदेशिक सडकमा प्रभावकारी सुरक्षा व्यवस्थापन गरिने उल्लेख छ। ग्रामीण भेगमा सडक विस्तारलाई प्राथमिकता दिइने स्पष्ट गरिएको छ।
साझा प्रतिबद्धताको निरन्तरता
नीति तथा कार्यक्रम विगतमा प्रदेश सरकार गठनको समय तय गरिएका नीतिगत प्राथमिकता र साझा प्रतिबद्धतालाई आधार बनाई तयार पारिएको जनाइएको छ। फाइनल niti karyakram 2082

















