काँकडा स्वास्थ्य चौकीका लागि एम्बुलेन्स खरिद गर्न राक्सिराङ्ग गाउँपालिका र ईस्थर बेन्जामिन स्मृति संस्था बीच सम्झौता

Image

हेटौंडा/ राक्सिराङ्ग गाउँपालिकाको वडा नं. ०६ अन्तर्गत रहेको काँकडा स्वास्थ्य चौकीको स्वास्थ्य सेवा तथा प्रसुती सेवा अझ प्रभावकारी र सहज बनाउन एम्बुलेन्स खरिदका लागि राक्सिराङ्ग गाउँपालिका र ईस्थर बेन्जामिन स्मृति संस्था बीच औपचारिक सम्झौता गरिएको छ।

उक्त सम्झौतापछि प्रसुती सेवासँगै आकस्मिक स्वास्थ्य सेवामा थप सहजता हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतले बताउनुभयो। गाउँपालिकाले स्वास्थ्य सेवा सुदृढीकरणको लागि गैरसरकारी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिएको उहाले बताउनुभयो।