मकवानपुर थाहा नगरपालिकाको कुन्छालमा बिभत्स हत्या : देवरको हतियार प्रहारले भाउजुको ज्यान गयो

Image

हेटौंडा/ मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या भएको छ।

बिहीबार दिउँसो सवा २ बजेतिर ५५ वर्षीया तुलुमाया गोपालीको हत्या उनका देवरसमेत पर्ने छिमेकी ३५ वर्षीय जीवन गोपालीले धारिलो हतियार प्रयोग गरी गरेका हुन्।
घटनापछि हत्या आरोपित जीवन गोपाली अपराह्न ३ बजेर ४० मिनेट जाँदा हतियारसहित इलाका प्रहरी कार्यालय पालुङमा आफैँ उपस्थित भएका थिए।

प्रहरीका अनुसार जीवन गोपालीलाई नियन्त्रणमा लिइएको छ र हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ। हत्या किन गरियो भन्ने विषयमा प्रारम्भिक विवरण आइसकेको छैन।

इलाका प्रहरी कार्यालय पालुङले घटनालाई गम्भीरता साथ लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।