हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा गरिएको छ।
पुर्ण खोप कार्यक्रम मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर घलान रहनुभएको थियो।
पालिकाभित्र रहेका २३ महिनासम्मका ७६६ जना बालबालिकाले प्राप्त गर्नुपर्ने सबै खोप प्राप्त गरेपछि ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा गरिएको अध्यक्ष कालाखेतिले जानकारी दिनुभयो।
स्वास्थ्य सुरक्षाको क्षेत्रमा मनहरी गाउँपालिका अब नयाँ उदाहरणका रूपमा स्थापित भएको छ।
कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रशासक कृष्णबहादुर मिजारको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा पालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत साथै विभिन्न वडाका वडा अध्यक्षहरू तथा राजनैतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। पालिकाले घोषणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

















