राक्सिराङमा बाख्रापालन प्रवर्द्धन कार्यक्रम: कृषक समूहलाई उन्नत जातका बोका वितरण

Image

हेटौंडा / मकवानपुरको राक्सिराङ गाउँपालिकाले बाख्रापालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत सहकारी संस्था र कृषक समूहलाई उन्नत जातका बोका वितरण गरेको छ। कार्यक्रम गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा सम्पन्न भएको हो।

बोका वितरण कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, उपाध्यक्ष लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी कृषक समूहलाई आयमूलक पेशामा प्रोत्साहित गर्न र स्थानीय स्तरमा आत्मनिर्भरता अभिवृद्धि गर्नका लागि उन्नत जातका बोका वितरण गरिएको गाउँपालिकाले जनाएको छ।