सर्पदंशबाट महिलाको मृत्यु, गर्मीयाममा जोखिम बढ्दै

Image

हेटौंडा /  नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका–६, भण्डारमा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ।

स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार राति करिब ९ बजेतिर घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेको थियो। सर्पको डसाइपछि उनलाई तत्कालै उपचारका लागि कावासोतीस्थित कालीगण्डकी अस्पताल लगिएको थियो।

तर, उपचारको क्रममा राति नै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका एसपी यादव ढकालले जानकारी दिए।
गर्मी मौसमसँगै जिल्लामा सर्पदंशका घटनाहरू बढ्दै गइरहेका छन्। स्थानीय प्रशासनले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।