बकैया गाउँसभाको एघारौं अधिवेशन असार १६ गते बस्ने

Image

हेटौंडा/ मकवानपुरको बकैया गाउँपालिकाको गाउँसभा एघारौं अधिवेशनको दोस्रो बैठक आगामी २०८२ साल असार १६ गते सोमबार बस्ने भएको छ।

गाउँ कार्यपालिकाको निर्णय र बागमती प्रदेश सरकारद्वारा जारी ‘गाउँ सभा तथा नगर सभा सञ्चालन कार्यविधि ऐन, २०७५’ को दफा ३ को उपदफा १ बमोजिम गाउँपालिका अध्यक्ष  धर्मराज लामिछानेले बैठक आह्वान गर्नुभएको हो।

बैठक बिहान ११:०० बजे, बकैया गाउँपालिकाको सभाहलमा बस्ने छ। बैठकमा गाउँसभा सदस्यज्यूहरू, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा वडा सदस्यहरूको उपस्थितिका लागि गाउँपालिका प्रशासनले आग्रह गरेको छ।

बैठकसम्बन्धी जानकारी प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामार्फत सार्वजनिक गरिएको हो। सूचना पत्रमा “समृद्ध बकैया निर्माणको मुल आधार स्वास्थ्य, शिक्षा, कृषि र वातावरणमैत्री पूर्वाधार” भन्ने मूल सन्देशलाई समेत जोड दिइएको छ।