हेटौंडा–४ को आयोजनामा असार २० गते डेङ्गु बिरुद्ध सचेतना अभियान हुने

Image

हेटौंडा / “आफू बचौं र अरूलाई पनि बचाऔं” भन्ने मूल नाराका साथ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा डेङ्गु रोगविरुद्ध सचेतना अभियान–२०८२ आयोजना हुने भएको छ।

असार २० गते शुक्रबार बिहान ६:३० बजे फरेष्ट्री क्याम्पस गेट अगाडिबाट सुरु हुने यस अभियानमा विभिन्न सामाजिक, स्वास्थ्य तथा शैक्षिक संघसंस्थाहरूको सहकार्य रहनेछ।

मोहन बज्राचार्य आधारभूत स्वास्थ्य केन्द्र, टोल विकास वडा समन्वय समिति, शैक्षिक गुणस्तर सुधार समिति, महिला जागरण समूह, सामाजिक अभियान सञ्जाल र नेपाल रेडक्रस सोसाइटी हेटौंडा–४ को सक्रिय सहभागितामा कार्यक्रम सञ्चालन गरिनेछ।

सचेतनामूलक ¥याली तथा सरसफाइ लगायतका गतिविधि समेटिएको अभियान हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कार्यालयको आयोजनामा सञ्चालन गरिन लागेको हो।

अभियानले डेङ्गु रोगको जोखिम न्यूनीकरण तथा समुदायमा जनचेतना अभिवृद्धिमा सहयोग पुर्‍याउन यो कार्यक्रम गरिने आयोजकले बताएको छ।