हेटौंडामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

Image

हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१० राप्तीरोडस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

बुद्धचोकबाट थानाभ्याङतर्फ जाँदै गरेको ना ४३ प ४५१५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको भन्ने खबर प्राप्त हुनासाथ ट्राफिक प्रहरी सहितको टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा धनुषा जनकपुर उपमहानगरपालिका–४ निवासी अन्दाजी ४५ वर्षीय मोटरसाइकल चालक दिपेन्द्र कुमार झा गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी हेटौंडा अस्पताल लगिएकोमा उपचारको क्रममा राति ११:५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।