हेटौंडा / मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, रातमाटेस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा ई.भी. गाडी दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन्, जसमा तीन जनाको अवस्था गम्भीर रहेको छ।
असार २० गते दिउँसो करिब १ बजेतिर काठमाडौँतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०५५१ नम्बरको ई.भी. गाडी मोडमा ब्रेक हान्दा टायर चिप्लिएर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
हेटौँडाबाट काठमाडौँतर्फ गइरहेको सो गाडीमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा परेर निम्न पाँच जना यात्रु घाइते भएका छन्:
१. चन्द्र सञ्जु गौरे, ३५ वर्ष, पर्सा जिराभवानी गाउँपालिका–३, दाहिने हात र काँधमा गम्भीर चोट
२.रिसाहद कुमार, ३९ वर्ष, बिहार भारत, दाहिने हात, काँध र ढाडमा गम्भीर चोट
३.उमाशंकर कुमार, ३५ वर्ष, ऐ.ऐ. बसोबास, हात र घाँटीमा गम्भीर चोट
४.जताशंकर कुमार, २७ वर्ष, ऐ.ऐ. बसोबास, गाला र निधारमा सामान्य चोट
५.राकेश कुमार ५० वर्ष, ऐ.ऐ. बसोबास, टाउकोमा सामान्य चोट
प्रहरीका अनुसार घाइतेहरूलाई तत्काल उद्धार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको छ। गाडी चालक २२ वर्षीय राजाराम साह, पर्सा परमेशपुर गाउँपालिका–२ निवासी, प्रहरीको नियन्त्रणमा रहेका छन्।
दुर्घटनाको कारण सवारी साधनको तीव्र गति भएको यात्रुहरूले बताएको प्रहरी स्रोतले जनाएको छ।

















