हेटौंडा/ लागुऔषध कारोबार भई रहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडाबाट १ ग्राम १६० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
असार २६ गते बिहान करिब ८:३० देखि ९:०० बजेको बीचमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित गोरक्षेश्वर मन्दिर क्षेत्रबाट ठाउँका ३३ वर्षीय शनि रानाभाट र वडा नं. ११ का २९ वर्षीय सरोज बानियालाई पक्राउ गरेको हो।
शनि रानाभाटको साथबाट ५८० मिलिग्राम र सरोज बानियाको साथबाट ५८० मिलिग्राम गरी जम्मा १ ग्राम १६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको मकवानपुरका जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।
बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालत मकवानपुर हेटौडाबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको डिएसपी अर्यालले बताउनुभयो।

















