इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता

Image

हेटौंडा / मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा एक किशोर डुबेर बेपत्ता भएका छन्।

डुबेर बेपत्ता हुनेमा बारा जिल्ला, कलैया उपमहानगरपालिका–१ घर भई हाल काठमाडौं माईतिघर बसोबास गर्दै आएका सुरेशचन्द्र गुप्ताका करिब १७/१८ वर्षीय छोरा कर्ण उर्फ प्रणय गुप्ता रहेका छन्। उनी साथीहरूसँग घुम्नको लागि मार्खु आएका थिए।

दिउँसो करिब ४:३० बजेको समयमा खोलामा पौडी खेल्ने क्रममा गुप्ता डुबेर बेपत्ता भएको खबर उनका साथीसँगै आएका व्यक्तिहरूले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय पालुङ, चित्लाङ र अस्थायी प्रहरी पोष्ट मार्खुबाट खटिएको प्रहरी टोलीद्वारा खोजतलास कार्य जारी रहेको र हालसम्म गुप्ता फेला नपरेको मकवानपुर जिल्ला प्रहरी कार्यालय हेटौडाका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।