थानाभर्याङबाट १ ग्राम ६०० मिलीग्राम खैरो हेरोइनसहित रबिन्द्र पुडासैनी पक्राउ

Image

हेटौंडा / लागूऔषध कारोबारविरुद्धको अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङ क्षेत्रबाट खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।

साउन १ गते लागूऔषध कारोबार भईरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ४४ वर्षीय रबिन्द्र पुडासैनीलाई फेला पारेर खानतलासी गर्दा उनको साथबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६०० मिलीग्राम फेला पारेको हो।

पुडासैनीलाई पक्राउ गरी लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।