हेटौंडा/ हेटौंडा- ७ नागस्वतीस्थित अनमोल ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टरले आइतबार आफ्नो १७औं स्थापना दिवसको अवसरमा हेटौंडा–१५ मा रहेको दिव्य सेवा निकेतन वृद्धाश्रममा खाद्यान्न वितरण तथा निःशुल्क मेहेन्दी सेवा कार्यक्रम सम्पन्न गरेको छ।
पार्लरकी सञ्चालक उर्मिला अधिकारीका अनुसार करिब ७ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको हो। कार्यक्रममा वृद्धाश्रममा बसोबास गर्ने आमाहरूसहित करिब १ सय जनालाई निःशुल्क मेहेन्दी लगाइएको छ।
यसै अवसरमा १७औं स्थापना दिवसको प्रतीकस्वरूप १७ जनालाई गोलाप्रथामार्फत छानी निःशुल्क जेननेल एक्सटेन्सन सेवा प्रदान गरिने जानकारी समेत दिइएको छ।
उक्त ट्रेनिङ सेन्टरमार्फत तालिम लिएर थुप्रै महिलाहरूले आत्मनिर्भर जीवनशैली अपनाएका छन् र स्वरोजगार बनेका छन्। सामाजिक सेवामा समेत सक्रिय रहँदै आएको अनमोल ब्युटी पार्लरले हरेक वर्ष स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको संन्चालक अधिकारीले जानकारी दिनुभयो।

















