शिवम् सिमेन्ट उद्योगबाट चोरी गर्ने तीन जना पक्राउ

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगबाट मेकानिकल वर्कशपको सामाग्री चोरी गर्ने तीन जना व्यक्तिहरू पक्राउ परेका छन्।

साउन ३ गते शिवम् सिमेन्ट उद्योग परिसरभित्र अपरिचित व्यक्तिहरू प्रवेश गरी वर्कशपभित्र रहेको क्रसरको सापटको बुस (पितलको) लगायतका सामाग्रीहरू चोरी भएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट अनुसन्धान थालिएको थियो।

उक्त चोरी घटनामा संलग्न रहेको अभियोगमा सर्लाही जिल्ला बसबढिया गाउँपालिका–३ का २५ वर्षीय सुनिल कुमार यादव, रौतहट जिल्ला गरुडा नगरपालिका–५ का २५ वर्षीय पवन यादव र सोही स्थानका २१ वर्षीय रितेश कुमार यादवलाई मिति २०८२ साल साउन ५ र ६ गते हेटौंडा उपमहानगरपालिका–१५ स्थित सडकबाट चोरीका सामाग्रीसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका तीनै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुर, हेटौंडाबाट थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।