भक्तपुरमा आज आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशलाई ‘पूर्ण खोप सुनिश्चित प्रदेश’का रूपमा औपचारिक रूपमा घोषणा गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले बागमतीका १३ वटै जिल्लामा १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेरभित्र दिइनुपर्ने सम्पूर्ण खोप प्राप्त भएको र समयमै खोप अभियान सम्पन्न गरिएकाले यो उपलब्धि हासिल भएको बताउनुभयो।
राष्ट्रिय खोप समन्वय समितिबाट बागमती प्रदेशले पूर्ण खोप सुनिश्चितताको प्रमाणीकरण प्राप्त गरिसकेको जानकारी दिंदै प्रधानमन्त्री ओलीले असार ३० गतेसम्म सबै जिल्लामा लक्ष्यअनुसार खोप कार्यक्रम सफल रूपमा सम्पन्न भएको उल्लेख गर्नुभयो।
उहाँले यस उपलब्धिलाई बालस्वास्थ्य सुरक्षातर्फको महत्वपूर्ण कदमका रूपमा लिँदै अन्य प्रदेशहरूलाई पनि अनुकरणीय उदाहरण बनाउने विश्वास व्यक्त गर्नुभयो।

















