हेटौंडा / व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा नाम, थर, उमेर लगायत विवरणमा त्रुटि भएमा अब एकपटकका लागि संशोधन गर्न सकिने भएको छ।
सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो। संशोधित कानुनअनुसार प्रमाणपत्रमा उल्लेखित विवरणमा कुनै गल्ती भएमा सम्बन्धित व्यक्तिले तोकिएको ढाँचामा निवेदन दिई एकपटक मात्र सुधार गराउन सक्नेछन्।
यसका लागि नागरिकले आफ्नो स्थानीय पञ्जिकाधिकारीको कार्यालय — अर्थात वडा कार्यालय — मा निवेदन दिनुपर्नेछ।

















