४१ औं वार्षिकोत्सवको अवसरमा प्रहरीद्वारा मन्दिर सरसफाई र वृक्षारोपण, वातावरण संरक्षणमा योगदान

Image

हेटौंडा / नेपाल प्रहरी श्रीमती संघको ४१औं वार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले मिति २०८२।०४।१८ गते विशेष सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यालय प्रमुख प्रहरी उपरीक्षक बिश्व राज खड्काको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मकवानपुरका विभिन्न मन्दिरहरूमा सरसफाई गरिएको छ भने प्रहरी कार्यालय परिसरभित्र विभिन्न प्रजातिका बिरुवा रोपिएको छ।

कार्यक्रममा प्रनाउ श्यामु अर्याल, प्रहरी निरीक्षकसहित अन्य दर्जाका प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। धार्मिक स्थलहरूको सरसफाई तथा हरियाली प्रवर्द्धनका लागि गरिएको यो पहलले प्रहरी संस्था र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाएको छ।

सरसफाई र वृक्षारोपणमार्फत वातावरणीय चेतना फैलाउनुका साथै प्रहरी संगठनको सामाजिक उत्तरदायित्वलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको प्रनाउ श्यामु अर्यालले बताउनुभएको छ।