Khabar Board
Flash logo up side
Nirbachan aayog

दार्चुलामा घाइते महिलाको हेलिकोप्टर मार्फत उद्धार

Nirbachan m

दार्चुला ।

दार्चुलामा लडेर गम्भीर घाइते भएकी एक महिलाको हवाई उद्धार गरिएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकी मालिकार्जुन गाउँपालिका –५ डाँडाकोटकी ३४ बर्षीया लक्ष्मी लोहारको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

उनलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको र नेपालगञ्ज मेडिकल कलेजमा उनको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हेमन्ती साउँदले जानकारी दिइन् ।

आइतबार साँझ घर नजिकैको दुनी भीरमा घाँस काट्ने बेला लडेर लोहार घाइते भएकी थिइन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याएपनि उपचार सम्भव नभएपछि हेलिकोप्टर मार्फत उद्धार गरिएको जनाइएको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.