बझाङ ।
बझाङमा अटो दुर्घटना भएको छ । अटोको चक्का फुत्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । सदरमुकाम चैनपुरबाट गोलाईतिर जाँदै गरेको अटो गोलाई नजिकै ढाक्रेखोलामा अगाडिको चक्का फुत्किएर दुर्घटनामा परेको स्थानीयले बताएका छन् ।
दुर्घटनामा घाइते भएकाहरुको पहिचान खुल्न बाँकी रहेको छ ।
