बैतडी ।
बैतडीमा एक बालिका मृत फेला परेकी छन् । पाटन नगरपालिका ४ पटेलाका राम बहादुर चन्दकी ८ वर्षीया छोरी ललिता चन्द सुर्नया गाउँपालिका २ को मङरौँ खोलामा मृत भेटिएकी हुन् ।
सोमबार बाख्रा चराउन गएकी चन्द सम्पर्कबिहिन बनेकी थिइन । स्थानीयहरुले खोजतलास गर्दा मंगलबार बिहान मङरौँ खोलामा मृत भेटिएकी स्थानीयले बताएका छन् ।
इलाका प्रहरी कार्यालयबाट पाटनबाट प्रहरी टोली घटनास्थल पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बालिकाको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने आंकलन गरिएको छ ।