धनगढी । कैलालीमा पेस्तोलसहित २ जना पक्राउ परेका छन्। शुक्रवार मोहन्याल गाउँपालिका–६ सोल्टा बजार बस्ने धनादेवी शाहीको घरबाट पेस्तोलसहित २ जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका– ७ कुईने बस्ने १८ वर्षीय विकास नेपाली र सुर्खेत पञ्चपुरी नगरपालिका–११ बस्ने १८ वर्षीय उपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरू आफ्नी फूपू नाता पर्ने शाहीको घरमा पाहुना बसेका थिए। सोही समयमा उनीहरूले हतियार लुकाईछिपाई राखेको प्रहरीलाई सूचना प्राप्त भएको थियो। त्यसपछि स्थानीय प्रहरीको टोलीले घर खानतलासी गर्दा १ (एक) थान रिबल्बर (पेस्तोल) जस्तो देखिने हतियार बरामद गरेको थियो। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।