तपाईलाई पर्यो कि ? अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नतिजा सबैभन्दा छिटाे यी ४ तरिकाबाट हेर्नुस्

Image

काठमाडौं ।

अपर हेवाखोला हाइड्रोपावर कम्पनिको आईपीओ बाँडफाँट कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडमा आज बिहान बाँडफाँट भएको हो ।

कम्पनीले असार २४ गतेदेखि असार २९ गतेसम्म निष्काशन गरेको आईपिओमा १४ लाख ५५ हजार ३८४ जनाले १ करोड ६० लाख ६० हजार ६१० कित्ताको लागि आबेदन दिएका थिए । जसमा दोहोरो आबेदनका कारण २ हजार ८११ जनाको ३४ हजार ६७० कित्ता बराबरको आबेदन रद्द भएको हो भने १४ लाख ५२ हजार ५७३ जनामा गोलाप्रथाबाट बाँडफाँड गरेको क्यापिटलले जनाएको छ ।

जसअनुसार १ लाख ३९ हजार ५०० जनामा प्रति आवेदक १० कित्ताका दरले १३ लाख ९५ हजार कित्ता बाँडफाँड भएको छ । यसरी यो आइपीओका लागि आवेदन दिएकामध्ये १३ लाख १३ हजार ५७३ बढीको हात रित्तो भएको छ ।

कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३० हजार कित्ता कर्मचारीहरूका लागि ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएकोमा र बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन खला गरेको थियो ।

यसरी हेर्न सकिन्छ नतिजा

कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ । सडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट: iporesult.cdsc.com.np/ ,बिक्रि प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट: https://www.nmbcl.com.np/ अपर सोलु हाइड्रो कम्पनीको वेबसाइट: https://ushec.com.np/ सिडीएससीको मेरोशेयरको वेबसाइट: meroshare.cdsc.com.np/#/login

यो पनि : अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, लाखैको हात रित्तो