Khabar Board

शिक्षक सेवा आयोगले माध्यमिक तहको नतिजा भोलि प्रकाशन गर्ने

काठमाडाैं ।

शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि मिति २०७८ चैत १५ गते सञ्चालन गरेको सामान्य परीक्षाको नतिजा भोलि प्रकाशन गर्ने तयारी गरेको छ ।

आयोग उत्तर पुस्तिका परीक्षण लगायतका सम्पूर्ण काम सकेर भोलि नतिजा सार्वजनिक गर्ने तयारीम जुटेको हो । आयोगले नतिजा प्रकाशनका लागि सम्पूण तयारी गरिसकेको जानकारी दियो ।

आयोगले गत चैत १५ गते सञ्चालन गरेको माध्यामिक तहको समान्य विषयको नतिजा सार्वजनिक गर्ने भएको हो । सो परीक्षामा १ हजार ५४७ शिक्षक दरबन्दी पदपूर्तिको लागि लिइएको परीक्षाको नतिजा प्रकाशित गर्न लागेको छ । यसअघि माद्यामिक तहमा ३६ हजार ५८२ जनाले आवेदन फाराम भरेका थिए।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.