Khabar Board

प्राथमिक तहको नतिजा आयोगले कहिले सार्वजनिक गर्दै

काठमाडौं ।

शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन भन्दा अगाडी नै सार्वजनिक गर्ने तयारी गरेको छ । शिक्षकको नयाँ पदपूर्तिको लागि चैत्र १९ गते परीक्षा सञ्चालन गरेको प्रतियोगितात्मक (सामान्य) परीक्षाको सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

स्रोत भन्यो “प्राथमिक तहको तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक (सामान्य) परीक्षाको नतिजा चुनाव अगाडी गर्ने भनेर लागेका छौं । प्राविधिक कठिनाई केही नभए निर्वाचान अगाडी नतिजा सार्वजनिक हुन्छ ।”

त्यसैगरी विषय गत परीक्षा असार १३ गते सञ्चालन गरिने समेत तयारी गरेको जानकारी दिएको छ । प्राथमिक तहको १३ हजार २ सय ९७ रिक्त शिक्षक पदका लागि १ लाख १३ हजार ४ सय ४५ जनाले आवेदन दिएका थिए ।

यो पनि : शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो निमाविको नतिजा (नतिजा-सहित)

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.