काठमाडौं ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय शाखाले खुद पुल दरबन्दी रहेको तहमा रिक्त रहेको दरबन्दी वा राहत कुनै पनि पदपूर्ति नगर्न आग्रह गरेको छ । शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको जानकारी गराउँदै खुद पुल दरबन्दी रहेका स्थानीय तहहरुलाई पदपूर्ति नगर्न आग्रह गरेको हो ।
केन्द्रले स्थानीय तहगत रुपमा तोकिदिएको खुद पुल दरबन्दीबाट हाल सम्म फिर्ता पठाई सकिएको खुद पुल दरबन्दी कट्टा गरी अब बाँकी रहने दरबन्दी मध्ये रिक्त दरबन्दी असार १५ गतेभित्र कट्टा गर्ने प्रायोजनका लागि केन्द्रमा पठाइदिन समेत निर्देशन दिएको छ ।
साथै, रिक्त खुद पुल दरबन्दी केन्द्रमा नपठाउने स्थानीय तहहरुको हकमा दरबन्दी बराबरको शिक्षक तलब भत्ता निकासा नहुने भएकोले दरबन्दी केन्द्रमा पठाउने व्यवस्था गरी मिलान कार्य सम्पन्न गर्नुहुन आग्रह गरेको छ । खुद पुल दरबन्दी रहेको तहमा रिक्त रहेको दरबन्दी वा राहत कुनै पनि व्यहोराले पदपूर्ति नगर्न नगराउन केन्द्रको निर्देशन छ ।

यस्तो छ सूचना : प्रस्तुत विषयमा यस केन्द्रबाट शिक्षक दरबन्दी मिलानको कार्य शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ अनुसार हुदै गरेको व्यहोरा अवगत नै छ । यस केन्द्रले स्थानीय तहगत रुपमा तोकिदिएको खुदपुल दरबन्दीबाट हाल सम्म फिर्ता पठाइ सकिएको खुद पुल दरबन्दी कट्टा गरी अव बाँकी रहने खुद पुल दरबन्दी मध्ये रिक्त खुदपुल दरबन्दी २०७९/०३/१५ गते भित्र दरबन्दी कट्टा गर्ने प्रयोजनको लागि यस केन्द्रमा पठाइदिनु हुन निर्देशानुसार अनुरोध छ । साथै रिक्त खुदपुल दरबन्दी यस केन्द्रमा नपठाउने स्थानीय तहहरुको हकमा खुद पुल दरबन्दी बराबरको शिक्षक तलब भत्ता निकासा नहुने भएकोले खुद पुल दरबन्दी यस केन्द्रमा पठाउने व्यवस्था गरी शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न गर्नुहुनका साथै खुद पुल दरबन्दी रहेको तहमा रिक्त रहेको दरबन्दी वा राहत कुनै पनि व्यहोराले पदपूर्ति नगर्नु नगराउनु हुन समेत अनुरोध छ।
बोधार्य: श्री शिक्षा विकास तथा समन्वय इकाइ (खुद पुल दरबन्दी भएको जिल्लाहरु मात्र); जिल्ला भित्रको खुदपुल दरबन्दी भएका स्थानीय तहहरुमा खुद पुल दरबन्दी कट्टा गर्न सहयोग गरी शिक्षक दरबन्दी मिलानको कार्यमा सहजीकरण गर्नुहुन ।
