स्थायी शिक्षक मात्रै प्रधानाध्याप बन्ने, लाईसेन्स नभएका शिक्षक सबै हट्ने

Image

बैतडी ।

बैतडीको पाटन नगरपालिकाले स्थायी शिक्षकहरुलाई मात्रै प्रधानाध्यापको जिम्मेवारी दिने निर्णय गरेको छ । शिक्षक सेवा आयोगबाट स्थायी भएका शिक्षकहरुलाई मात्रै प्र.अ.को जिम्मेवारी दिने निर्णय भएको छ ।

स्थायी शिक्षक हुदाँहुदै अस्थायी वा करारका शिक्षक प्र.अ. भएको ठाउमा स्थायी शिक्षकलाई प्रधानाध्याप बनाउने र तहगत स्थायी शिक्षक नभएको ठाउँमा भने करारका वा अस्थायी शिक्षकलाई पनि प्र.अ.को जिम्मेवारी दिने निर्णय भएको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले जानकारी दिए ।

यसैगरी नगरपालिकामाबिना अध्यापन अनुमतीपत्र लिएर नगर शिक्षकको रुपमा कार्यरत निजि शिक्षकहरुलाई पनि हटाउने निर्णय भएको वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए । बिब्यस र नगरपालिकाले यसअघि अधिकांस निजि शिक्षकहरु बिना अध्यापन अनुमतीपत्रका शिक्षकहरु भर्ना गरेका थिए।

यो पनि : इसीडी शिक्षकले संघीय सरकारबाट पाएने भए हजारौं रुपैयाँ, स्थानीय तहले पनि थप दिनुपर्ने