Khabar Board
Flash logo up side
flash header

इसीडी शिक्षकले संघीय सरकारबाट पाउने भए हजारौं रुपैयाँ, स्थानीय तहले पनि थप दिनुपर्ने

Nirbachan m

काठमाडौं ।

प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) ले अब संघीय सरकारबाट दश हजार रूपैयाँ मासिक तलब पाउने भएका छन् । यसअघि आठ हजार रूपैयाँ उपलब्ध गराउँदै आएको संघीय सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत दुई हजार रूपैयाँ बढाएर दश हजार पुर्याएको हो ।

मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले इसीडी शिक्षकको तलब दुई हजार थप गरिएको बताएका थिए । ‘चालु आर्थिक वर्ष २०७८/०७९ मा संघीय सरकारबाट ८ हजार र स्थानीय तहबाट ७ हजार गरी न्यूनतम मासिक १५ हजार उपलब्ध हुने व्यवस्था गरिएको हो,’ उनले भनेका थिए, ‘बालविकास शिक्षकको हकमा संघीय सरकारबाट २ हजार थप गरी १० हजार उपलब्ध गराउने गरी बजेटको व्यवस्था गरिएको छ ।’

चालु आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय तहले इसीडी शिक्षकलाई सात हजार रूपैयाँ  उल्लेख थियो । तोकिएको तलब दिन संघीय सरकारले पटक–पटक सर्कुलर गरे पनि अधिकांश स्थानीय तहले उपलब्ध गराएका छैनन् । दश हजार रूपैयाँमा कम्तिमा पनि सात हजार रूपैयाँ थपेर सत्र हजार मासिक तलब दिनुपर्छ ।

Center article

इसीडी शिक्षकले स्थानीय तहबाट पाउनुपर्ने तलब नपाएको भन्दै गुनासो गरेपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले संघीय सरकारबाटै पूरा तलब उपलब्ध गराउन अर्थमन्त्रालयसमक्ष प्रस्ताव गरेका थिए । बजेटमा सो प्रस्ताव नपरेपछि शिक्षामन्त्रीले पुनः समन्वय सुरु गरेका छन् ।

यो पनि : स्थायी शिक्षक मात्रै प्रधानाध्याप बन्ने, लाईसेन्स नभएका शिक्षक सबै हट्ने

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.