बैतडीको पाटन नगरपालिकामा पाठ्यक्रम प्रबोधिकरण सम्बन्धि २ दिने तालिम सम्पन्न

Image

बैतडी ।

बैतडीको पाटन नगरपालिकामा पाठ्यक्रम प्रबोधिकरण सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । नगरपालिकाले शिक्षा शाखाको आयोजनामा यसै शैक्षिक सत्र देखि लागु गरिएको नयाँ पाठ्यक्रम बारे शिक्षकहरुलाइ जानकारी गराएको हो ।

प्रबोधिकरण कार्यक्रमको आयोजना गरेर सामुदायिक विद्यालयका शिक्षकहरुलाइ नयाँ केन्द्रीय पाठ्यक्रम बारे जानकारी दिएको शिक्षा शाखा प्रमुख बिर्ख राज भट्टले बताए ।

तालिममा क्षिणविधि, मुल्याँकन प्रकृया, शिक्षण सिकाइ प्रकृया ,पाठ्यक्रमका शैद्धान्तीक पक्षका बारे तालिम दिइएको उनले बताए । पाटन नगरपालिकाको सभाहलमा भएको प्रबोधिकरण तालिममा ४/५, ६/८ र ९ /१० मा पढाउने सामुदायिक विद्यालयका एक/एक जना शिक्षक गरि १०७ जनाको सहभागियता रहेको थियो ।

शनिबार देखि सञ्चालन भएको कार्यक्रम आइतबार सम्पन्न भएको हो । पाठ्यक्रम बारे जानकारी दिने उदेश्यले तालिमको आयोजना गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।