दुई जना विद्यार्थी, तीन शिक्षक

Image

दार्चुला ।

दार्चुलाको एक विद्यालयमा दुई जना विद्यार्थी मात्रै भेटिएका छन्। जिल्लाको महाकाली नगरपालिका–९ दत्तुस्थित केदार आधारभूत विद्यालयमा दुई जना विद्यार्थी मात्र भेटिएका हुन्। जहाँ, शिक्षक तीन जना रहेको पाइएको छ।

विद्यालयमा स्थायी, करार सेवा र बाल विकास गरेर तीन जना शिक्षक अध्यापनरत रहेको पाइएको हो। उक्त नगरपालिकाका नगर प्रमुख नरसिंह चैसिरले अनुगमन गर्दा कक्षा १ र २ मा अध्ययन गर्ने दुई जना विद्यार्थी मात्र भेटिएका बताइएको छ। यद्यपी नगरपालिकाको शिक्षा शाखाले भने विद्यालयमा चालु शैक्षिक सत्रमा १४ जना भर्ना भएका बताएको छ।

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले भोलि भदौ १ गते सार्वजनिक बिदा दिएको छ। ओल्के पर्वको अवसरमा भदौ १ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा भोलि बिदा हुने जनाइएको छ। सुदूरपश्चिमका पहाडी समुदायमा ओल्के पर्वको दिन आफन्त तथा इष्टमित्रहरुलाई मिठो मसिनो खानेकुरा र कोसेली दिने चलन रही आएको छ।